arrow

नेपालस्थित अमेरिकी राजदूतको सक्रियता बढ्यो, नेताहरुसँग भेटघाट बाक्लियो

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
bery.jpg

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा जो वाइडेनले कार्यभार सम्हालेपछि नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले शीर्ष नेताहरुसँग भेटघाट बाक्लो बनाएका छन् ।

आफ्नो देशमा नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरुको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरुसँग राजदूत बेरीले भेटघाट बढाएका हुन ।

सोमबार राजदूत बेरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको दूताबास स्रोतले जनाएको छ ।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि वालवालिकाहरुको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकता भएको जानकारी गराए ।

नव राष्ट्रपति वाइडेनले विदेश नीतिमा फेरबदल ल्याउने संकेत गरेपछि बेरीको सक्रियता बढेको अनुमान गरिएको छ ।  



नयाँ