arrow

छिमेकमा उत्साह

भारत ७२ औं गणतन्त्र दिवस मनाउँदै, यस्तो हुँदैछ राजपथमा विशेष कार्यक्रम

५५ वर्षमा पहिलो पटक बिना प्रमुख अतिथि परेड

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
india-flag.jpeg

काठमाडौं । छिमेकी मुलुक भारतले मंगलबार ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । मंगलबार बिहान राजपथमा गणतन्त्र दिवसको परेड शुरु हुँदैछ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउँदै गरेको हो । 

भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री  बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ नयाँ स्वरुपको कोरोना देखिएपछि उनले आफ्नो कार्यक्रम स्थगित गरेका थिए । 

भारतले यसअघि सन् १९५२, १९५३ र १९६६ मा पनि कोही प्रमुख अतिथि थिएनन् । यसपालि कोरोनाले गर्दा विभिन्न कार्यक्रम पनि घटेका छन् । 

राजपथको परेडमा पहिले ७० वटा झाँकी प्रस्तुत हुँदै आएकामा यसपालि घटेर ३२ वटा हुँदैछन् । त्यस्तै परेडमा सहभागी सबैले फेस मास्क लगाउने छन् । प्रवेश द्धारमा सबैको थर्मल स्क्रिनिङ हुनेछ । सबैले सेनिटाइजरको प्रयोग गर्नेछन् । 

परेडमा मार्च पास गर्ने सैन्य कन्टिन्जेन्टको संख्या १४४ बाट घटाएर ९६ जना मात्र गरिएको छ । पहिले सवा लाख मानिसले प्रत्यक्ष सहभागीता जनाउने गरेकामा अहिले २५ हजार जनामात्र राजपथ परेडमा देखिने छन् । 

उक्त परेडमा बालक र वृद्धवृद्धालाई सहभागीता जनाउन रोक लगाइएको छ । वीरता पुरस्कारको परेड र बहादुरी पुरस्कार हासिल गर्ने बच्चा पनि सहभागी हुने छैनन् । 

पहिले परेड विजय चोकदेखि लालकिल्लासम्म ८.२ किलोमिटर लामो हुने गरेकामा अहिले विजय चोकबाट राष्ट्रिय रंगशालामा जानेछ । 

बिहारको दरभंगा जिल्लाकी भावना कान्त गणतन्त्र दिवसको परेडमा सहभागी हुने पहिलो महिला फाइटर पाइलट हुने छिन् । 

पहिलो पटक राफेल देखिने छ । यसले भर्टिकल चार्ली फर्मेशनमा उडान भर्नेछ ।

गणतन्त्र दिवसमा पहिलो पटक परेडमा केन्द्रीय बायोटेक्निकल विभागको झाँकी पनि सामेल हुनेछ । यसले कोरोना भ्याक्सिनका बारेमा बताउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ