arrow

भारतको गणतन्त्र दिवसः छिमेकीबाट टसमा जितेको थियो राष्ट्रपतिको बग्गी

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
india-baggi-presidential.jpg

काठमाडौं । भारतले ७२ औं गणतन्त्र दिवस मनाइरहेको छ । कतिपय यो प्रसङ्गमा रमाइला पक्ष भारतको इतिहाससँग जोडिएका छन् । 

६ घोडाको शाही बग्गीमा राष्ट्रपति हरेक साल गणतन्त्र दिवसको परेडमा सामेल हुन्छन् त्यो बग्गीको किस्सा रमाइलो छ । उक्त बग्गी भारतले पाकिस्तानसँग टसमा जितेर लिएको थियो । 

त्यो पनि सिक्का टस गरेर । भारत र पाकिस्तानबीच भागबण्डा हुने क्रममा गभर्नर जनरलका अंगरक्षक पनि भारत र पाकिस्तानबीच २ः१ को अनुपातमा बाँडिएका थिए । अंगरक्षकपछि पालो आयो बग्गीको । दुई देशबीच टस भयो । उक्त टस पाकिस्तानका मेजर याकुब खानले खेलेका थिए । उक्त टस भारतका लेफ्टिनेन्ट जर्नेल ठाकुर गोविन्द सिंहले जितेका थिए । 

सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि राष्ट्रपति भवनमा उक्त बग्गीको प्रयोग बन्द गरिएको थियो । सन् २०१४ मा राष्ट्रपति प्रणब मुखर्जीले फेरि यसलाई शुरु गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ