arrow

कार्यकाल सकिएपछि महाभियोग लाग्ने पहिलो राष्ट्रपति बन्लान ट्रम्प !

महाभियोग लगाउने प्रस्ताव सिनेटमा

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
Donald-trump-final.jpg

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव अमेरिकी माथिल्लो सदन सिनेटमा पुगेको छ । अमेरिकी इतिहासमै पूर्व राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव अघि बढाइएको यो पहिलो पटक हो ।

गत जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको दंगाको आह्वान गरेको आरोपमा ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव सारिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो भएरै छाड्ने बताएका छन् । फेब्रुअरीको दोस्रो साता सिनेटरहरुले यो प्रस्तावमाथि मत खसाल्ने बताइएको छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिवबाट महाभियोगको प्रस्ताव पारित भइसकेको छ ।

यदि ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव पास भयो भने, उनी कार्यकाल सकिएपछि महाभियोग लाग्ने पहिलो राष्ट्रपति हुनेछन् ।

यसअघि सन् २०१९ को सेप्टेम्बरमा पनि ट्रम्पमाथि महाभियोगको प्रस्ताव अघि सारिएको थियो । 

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिवबाट पास भएपनि उक्त प्रस्ताव सिनेटबाट पास भएको थिएन । तर, अहिले भने सिनेटबाट पनि पास हुने सम्भावना बढी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ