arrow

कांग्रेसको संगठन समायोजन समिति सदस्य महेश आचार्यले दिए राजीनामा

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
mahesh-acharya-G-new.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको समायोजन समिति सदस्य पदबाट राजीनामा दिएका छन ।

अन्य राजनीतिक दललाई कांग्रेससँग एकीकरण गराएका तथा अन्य दल छाडेर प्रवेश गरेका नेताहरुलाई पार्टीमा समायोजन गर्न भन्दै कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको थियो । सो समितिमा आचार्य सदस्य थिए ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजिनामा दिएको तर सो बारे कुनै निणर्य भने नभएको बताए ।

कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ