arrow

सुनखानीबाट उद्धार गरिएका श्रमिक भन्छन्-‘मैले पुनर्जन्म पाएको महशुस गरेको छु’

logo
एएफपी,
प्रकाशित २०७७ माघ १३ मंगलबार
mine-cole.jpg

बेइजिङ । खानीमा फसेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फसेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् ।

दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको उनीहरूले बताएका छन् ।

“मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ,” खानीमा जनवरी १० मा फसेकामध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ । अस्पतालमा उपचार गराइरहेका डु लामो समयपछि आफूलाई जीवितै उद्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, “मैले एउटा सपना देखेजस्तो भएको छ जसमा म आफै मृत्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस भएको छ ।”

उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।

उद्धार गरिएका अर्का श्रमिले भने, “यति गहिराईसम्म चट्टान खनेर उद्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ ।”

खानीमा फसेकामध्ये टाउकोमा चोट लागेका एक श्रमिकको गत हप्ता मृत्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृत अवस्थामा फेला परेका थिए । अझै एक व्यक्तिको  अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको छ ।



नयाँ