arrow

बाइडेनलाई जर्मनी भ्रमणको निम्तो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ १३ मंगलबार
joe-biden2.jpg

बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकी छन् । बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको निम्ता दिनुभएकी हुन् ।

बाइडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा सपथ खाएपछि मर्केलले जर्मनी अमेरिकी नयाँ नेतृत्वसँग आफ्ना यूरोपेली तथा ट्रान्सएटलान्टिक सहयोगी मुलकसँग मिलेर अन्तर्राष्ट्रिय कामहरू गर्न इच्छुक रहेको उनले बताइन् ।

फोनवार्तामा दुबै नेताले कोभिड–१९ महामारीको सामना गर्न थप अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक पर्ने बताएकी थिइन् । भेटबारे जानकारी गराउन जर्मन संघीय सरकारले जारी गरेको वज्ञप्तिमा भनिएको छ, “जर्मन चान्सलरले अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य सङ्गठनबाट नअलग्गिने प्रक्रियालाई अघि बढाएकोमा अमेरिकी धारणाको स्वागत गर्नुभएको छ ।”

उक्त अबसरमा मर्केल र बाइडेनबीच खासगरी इरान र अफगानिस्तानबारे वैदेशिक नीति र व्यापार तथा जलवायु नीतिबारे पनि छलफल गरेको जर्मनीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ