arrow

कोरोनाबाट बेलायतमा लाख बढीको मृत्यु, जोन्सनले मागे माफी 

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
boris-johnson-corona.JPG

काठमाडौं । बेलायतमा कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । महामारीबाट विश्वभर २१ लाख ६६ हजारको ज्यान गइसकेको अवस्थामा बेलायतमा मात्रै १ लाख १६२ पुगेको छ । 

एक लाख नाघेसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यतिधेरैको ज्यान गएकोमा गहिरो माफी मागेका छन् । उनले मृतकको जिम्मा आफूले लिएका छन् । 

उनले सरकारी प्रयासको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै जोन्सनले सरकारले सकिने प्रयास सबै गरे पनि धेरैलाई जोगाउन नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् । 

पत्रकार सम्मेलनमा निकै भावुक देखिएका जोन्सनले यो महामारीबाट बाबु, आमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी वा हजुुरबाबा हजुरआमा सबै पीडित भएको पनि बताए । 

उनले धेरै आफन्तले शोकमा मृतकलाई बिदाइ गर्ने अवसरसमेत नपाएको भन्दै दुःख जनाए । इंगल्याण्डका प्रमुख मेडिकल अफिसरले संक्रमितको संख्या घट्दो क्रममा रहेको बताएका छन् ।

उनले ७ जनवरीमा एकैदिन सबैभन्दा बढी ६८ हजार संक्रमित थपिएकामा मंगलबार २० हजारमा झरेको बताएका छन् । यो राम्रो सुधार रहेको उनको बुझाइ छ । 

प्रधानमन्त्री जोन्सनले आफूहरुले ठूलो पाठ सिकेको भन्दै यसलाई प्रतिविम्बित गर्न र मर्मत गर्न जरुरी रहेको बताए । उनले कोरोनाको खोपले धेरैको ज्यान जोगाउन मद्धत गर्ने पनि बताए । 

बेलायत एक लाख भन्दा धेरैको ज्यान जाने विश्वको पाँचौँ तथा युरोपको पहिलो देश हो । बेलायतमा ३६ लाख ८९ हजार ७४६ जना संक्रमित भएका छन् । १६ लाख ६२ हजार ४८४ जनालाई निको भएको छ भने १९ लाख २७ हजार १०० जना सक्रिय संक्रमित छन् । 

प्रधानमन्त्री जोन्सन स्वयं पनि मृत्युको मुखबाट जोगिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ