arrow

ठूलो परिमाणको लागूऔषधसहित चार जना पक्राउ 

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
crime-laguaaushad.jpg

कावासोती । ठूलो परिमाणको लागू औषध सहित पुर्वी नवलपरासीमा ४ जना पक्राउ परेका छ्न् । जिल्लाको दुम्किबास र चालीसकिलो भन्ने स्थानमा सवारी चेकजाँच गर्ने क्रममा ४४३ एम्पुल डाईजापाम, ४४३ एम्पुप नुफिन र ४४३ एम्पुल फेनरागनसहित तनहुँ व्यास नगरपालिका वडा नं १ का विक्की भनिने मिनबहादुर थापा मगर, विराटनगर महानगरपालिका वडा नं ६ मोरङका विशाल मुसहर  र रत्ननगर नगरपालिका वडा नं २  का अनरुप अधिकारी र जलाहा गाउँपालिका वडा नं ५ धादिङका सन्दिप अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी  प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए । 

 थापा र  मुसहरलाई विनयी त्रिवेणीको दुम्किबासबाट र दुवै जना अधिकारीलाई कावासोती १६ चालीसकिलोबाट पक्राउ गरिएको गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ