arrow

बाइडेनलाई सावधानीको संकेत दिँदै इरानविरुद्ध सेना परिचालन गर्ने इजरायलको चेतावनी

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
israel-women-army.jpg

काठमाडौं । इजरायली रक्षा बलका प्रमुख अविव कोचावीले सेनाले इरानविरुद्ध परिचालनको तयारी गरिरहेको भन्दै चेतावनी दिएका छन् । ईरान र अन्य विश्वशक्तिबीच सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्किने या त्यस्तै कुनै कदम चालेमा इजरायली सेनाबाट आक्रामक कदम चालिने उलने स्पष्ट पारेका हुन् ।

खासगरी जो बाइडेन प्रशासनलाई जनरल कोचावीले चेतावनी दिएको देखिन्छ । मंगलबार तेल अविव विश्वविद्यालयमा सम्बोधन गर्दै उनले भनेका छन्, 'सन् २०१५ को आणविक सम्झौताका फिर्ती या सुधारका कुनै सम्झौता भयो भने एक अपरेशनल र रणनीतिक दृष्टिकोणबाट यो गलत हुने छ ।

सन् २०१८ मा इरानसँगको आणविक सम्झौतालाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेका थिए । जसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समर्थन गरेका थिए ।

अहिले बाइडेन प्रशासनले इरानसँगको सम्बन्धलाई सघन बनाउने सम्भावनाका बेला इजरायलले चेतावनी दिएको हो । इरानसँग आणविक शक्ति हुनु इजरायलले आफ्नो लागि खतरा ठान्छ । 

इजरायल मात्रै हैन नजिकका केही अन्य देश पनि इरानको विरुद्धमै रहन सहमत छन् ।  

यदि बाइडेनले इरानसँग आणविक सम्झौता गरे भने इजरायल युद्धमै जान सक्ने खतरा रहेको विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा इजरायलका सेना प्रमुखले दिएको अभिव्यक्ती सरकारबाट स्वीकृत भएपछि हुनसक्ने मानिएको छ । 

बाइडेन प्रशासनले इरानसँगको कुटनीतिक मामिलाका सन्दर्भमा निकै सचेत हुनुपर्ने संकेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ