arrow

सभापतिमा मेरो उमेद्वारी कायमै : सुजाता कोइराला

logo
विवेक मिश्र,
प्रकाशित २०७७ माघ १४ बुधबार
sujata-koirala3.jpg

मोरङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उमेद्वारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् ।

उनले उमेद्वारी दिने अधिकार प्रयोग गर्ने बताइन् । सभापतिको उमेद्वारीले कोइरालाहरुको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसवाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गरिन् ।

वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताइन् ।

निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले त्यहीँ समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाले बताइन् । उनले गुटगत राजनितिले देश बिग्रिएको र आफु त्यस विषमा नलाग्ने बताइन् ।

उने ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा कांग्रेसका नेतृत्वहरु अग्रसर हुनुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ