arrow

'नेकपाभित्र पदको लोभले कुकुर बिरालो जस्तो लडाइँ'

logo
किरण न्यौपाने, विवेक मिश्र
प्रकाशित २०७७ माघ १५ बिहिबार
sujata-koirala4.jpg

मोरङ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा भएको बताएकी छन् । कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने बताइन् । यसका लागि कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार रहेको बताइन् ।             
                                                                    
विहिबार मोरङ्गको बीपी सेवा केन्द्रमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै कोइरालाले अब कांग्रेसको नेतृत्वमा निर्णायक आन्दोलन गर्नु पर्ने समय आएको बताइन् ।

कोइरालाले सर्वोच्च अदालतले जनताको भावना र देशको हितलाई सोचेर निर्णय गर्ने विश्वास व्यक्त गरिन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय जनताका पक्षमा आउने बिश्वास लिइन् ।

नेतृ कोइरालाले जनता ल्याएको संघीयता कसैले विर्गान चाहेरपनि नबिग्रिने बताइन् । उनले अहिलेको संविधान सबैभन्दा राम्रो भएको र केही त्रुटीहरु रहेता पनि थप्न र हटाउन सकिने भएकाले अहिले नेकपा भित्रको लडाईले संसद विघटन गरेर संविधान मिचिएको बताइन् ।

नेतृ कोइरालाले नेकपा भित्र पदको लोभ लालचले कुकुर विरालो जस्तो लडाई गरेर देशमा अशान्ति मच्चाएर तहस नहस गरेको आरोप लगाइन् । अवको समयनै कांग्रेसको भएको भन्दै कोइरालाले संगठन विस्तार र जनताको घरदैलोमा जान अगुवा नेतृत्व र कार्यकताहरूलाइ आग्रह गरिन् ।

“अब नेपाली कांग्रेसको काधमा जिम्मेवारी आएको छ, काग्रेसले देशको नेतृत्व गर्छ । साथै नेतृ कोइरालाले आगामी अधिवेशन बाट काग्रेसमा नया नेतृत्व आउने र नया उमङ्ग साथ काग्रेस अगाडी बढ्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ