arrow

गाई मारेको अभियोगमा प्रहरी निरीक्षकसहित १० जनालाई जेल

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ माघ १६ शुक्रबार
arrest-final.jpeg

नेपालगन्ज । जिल्ला अदालत सुर्खेतले गौहत्या प्रकरणमा दोषी ठहरिएका १० जनालाई कैद सजाय सुनाएको छ । अदालतले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरिक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई गौहत्यामा दोषी ठहर गरेको हो । अदालतले उनीहरूलाई तीन महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको छ ।

२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ ओटा गाई मध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए ।

जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ बमोजिम गौहत्याका आरोपीमध्ये १० जनालाई तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय तोकेको हो ।

नगर प्रहरी निरिक्षक सूर्यबहादुर बोगटीलाई १ बर्ष ६ महिना, नगर प्रहरी सहायक निरिक्षक विकास गौतमलाई १ वर्ष, नगर प्रहरी जवान चन्द्रबहादुर राना, सुशान्त शाही, सुवर्ण तारामी मगर र कमल बयकलाई ६र६ महिना कैदको फैसला भएको श्रेष्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै उपमहानगरपालिकाद्वारा सञ्चालित काञ्जीहाउसका कर्मचारी पवनकुमार कनोजियालाई ५ महिना र कर्मचारीद्वय राकेश भारती र धर्मेन्द्र नेपालीलाई ३र३ महिनाको कैद सजाय सुनाइएको छ । यस्तै नगरपालिकाका फायरम्यान कमल थापा मगरलाई पनि ३ महिनाको कैद सजाय सुनाइएको उल्लेख छ ।

गौहत्यामा प्रतिवादी बनाइएका ढुवानी सञ्चालकसहित सात जनाले भने सफाई पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ