arrow

जीपी कोइराला फाउण्डेसन प्रदेश १ को अध्यक्षमा शिवाकोटी

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
gp-foundation-pradesh1.jpg

विराटनगर। नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेसन प्रदेश नं.१ को अध्यक्षमा शैलेन्द्र शिवाकोटी मनोनित भएका छन् । यस अगाडी शिवाकोटी फाउण्डेसनका प्रदेश सचिव थिए । शुक्रवार विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले शिवाकोटीलाई फाउण्डेसनको अध्यक्षमा मनोनित गरेकी हुन् । शिवाकोटीले अव नयाँ कार्यसमिति बनाउने छन् ।

कोइरालाले समाजसेवी निर्मल दुगडलाई फाउण्डेसनको सचिवमा मनोनित गरेकी छन् । अध्यक्ष शिवाकोटी सामाजिक तथा शैक्षिक जगतमा चीरपरिचित व्यक्तित्व हुन् । पारदर्शी र कार्यकौशलता निपूण शिवाकोटी मनोनित भएसंगै विराटनगरमा निर्माणाधिन जीपी कोइराला संग्राहलय भवनले पूर्णता पाउने अपेक्षा गरिएको छ । यसभन्दा अगाडी फाउण्डेसन अध्यक्ष इन्दिरा थापाको कार्यकाल सकिएसंगै उक्त पद रिक्त रहेको थियो । कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सवैलाई मिलाएर हिड्न र जिल्ला कमिटीहरुलाई समेत सक्रिय वनाउन आग्रह गरिन् ।

कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्धीका लागि उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरिसकेको छ। कार्यक्रममा कांग्रेस मोरङका नेता सन्जय भट्टराई, सूची चौधरी, जीपी कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौला, कोषाध्यक्ष पुनम सिंह, सदस्य अन्जु दाहाल लगायतको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ