- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काडमाडौं । भारतको नयाँदिल्लीमा विष्फोट भएको छ । इजरायली दूतावास नजिक भएको विष्फोटबाट केही कारमा क्षति पुगेको छ । विष्फोटपछि भारतका लागि इजरायली राजदूत रान माल्काले यो हमलाको उद्धेश्य पत्ता लगाउनका लागि आफूहरुले भारतीय अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताएका छन् । यो घटना दुवै देशको राजनीतिक सम्बन्धको २९ वर्षको वार्षिकोत्सवका समयमा भएको हो ।
दिल्ली पुलिसका जनसम्पर्क अधिकारीले जिन्दल हाउसको नजिक एपीजे अब्दुल कलाम रोडमा साँझ स्थानीय समय अनुसार ५ः०५ बजे कम क्षमताको आइइडी विष्फोट भएको बताए । यसबाट केही पनि घाइते भएका छैनन् । तीन कारको शीशा फुटेको छ ।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार शुरुआती जाँचका क्रममा यो बम रोड डिभाइडरमाथि गमलामा राखिएको थियो । दिल्लीमा सुरक्षा बढाइएको छ ।
उक्त विष्फोटका समयमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदी बिटिङ रिट्रिट सेरेमनीका लागि जाँदै थिए ।
यसैबीच भारतीय गृहमन्त्री अमित शाहले यो घटनापछि आफ्नो बंगाल यात्रा स्थगित गरेका छन् । शाहले शुक्रबार राति दिल्लीमा सुरक्षा र खुफिया एजेन्सीका अधिकारीहरुसँग उच्चस्तरीय मिटिङ पनि गरेका छन् ।