arrow

कोरोना भाइरसः फ्रान्समा तेस्रो चरणको राष्ट्रव्यापी लकडाउन, ईयू बाहेकका देशमा यात्रा प्रतिबन्ध

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
corona-france1.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी बढेपछि फ्रान्सले युरोपियन युनियन ईयू बाहेकका राष्ट्रहरुको यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ स्वरुपको कोरोना बढ्दै गएसँगै फ्रान्सले ईयूमा आवद्ध राष्ट्रबाहेक अन्य राष्ट्रको यात्रामा कडाइ गरेको हो ।

फ्रेन्च प्रधानमन्त्री सिन कास्टेक्सले फ्रान्समा पनि नयाँ राष्ट्रव्यापी लकडाउन लगाएको बताएका छन् । फ्रान्समा तेस्रो पटक पूरै लकडाउन लगाउन लगाएको हो । 

कास्टेक्सले प्रहरीले रातिको कर्फर्यूलाई अझ कडा पार्नका लागि तैनाथी बढाउने पनि बताएको बीबीसीले लेखेको छ । फ्रान्समा यसअघिदेखि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा कर्फर्यू लगाइसकेको छ । आगामी दिन अझै निर्णायक हुने कास्टेक्सले बताएका छन् । 

फ्रान्समा थप ८२० जनाको शुक्रबार ज्यान गएको छ । ७५ हजार ६२० जनाको अहिलेसम्म ज्यान गइसकेको छ । २७ हजार भन्दा बढी मानिस अस्पतालमाभर्ना भएका छन् । ३ हजार भन्दा बढी आईसीयूमा छन् । 

नयाँ प्रतिबन्धले बेलायत लयायतका मुलुकमा सामान ओसारपसारमा समेत आंशिक रुपमा प्रभाव पर्ने त्यहाँको सरकारले जनाएको छ । 

फ्रान्समा आन्तरिक प्रतिबन्धमा कडाइ गरिएको भए पनि कोरोनाको जोखिम भने झन् बढ्दै गइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ