arrow

अन्ना हजारेले आमरण अनशन नगर्ने

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
anna-hajare.JPG

काठमाडौं। भारतीय सत्याग्रही अन्ना हजारेले अब आमरण अनशन नगर्ने भएका छन्। केही शर्त राखिएपछि हजारे आमरण अनशन बस्नबाट पछाडि हटेका हुन्। कृषि कानूनबारे स्वामीनाथन आयोगको सिफारिस लागू गर्न माग गर्दै हजारे आमरण अनशन बस्न लागेका थिए। यस मामिलामा केन्द्र सरकारले उच्च स्तरीय समिति गठन गर्ने भएपछि हजारे पछि हटेका हुन्।

समितिले यो विषयमा छानबिन गर्नेछ। यो समितिमा हजारेलाई पनि सामेल गर्ने भएको छ। यो प्रस्तावपछि उनले अनशन स्थगित गरेका हुन्। दिल्लीमा किसान आन्दोलन भइरहँदा शनिबारदेखि (३० जनवरीदेखि) समाजसेवी हजारेले आमरण अनशन बस्ने जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ