arrow

विरगञ्ज नेपालको सिलिकन भ्यालीका रुपमा विकास हुनसक्छ : विनोद चौधरी

कांग्रेसको ‘गरिखाने अभियान’

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
congress-binod-chaudhary.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीले विरगञ्ज नेपालको सिलिकन भ्यालीका रुपमा विकास हुनसक्ने औंल्याएका छन्। देशभरका खासगरि स्टार्टअप व्यवसायीहरुसँग अन्तर्क्रिया गर्ने सिलसिलामा वीरगन्ज पुगेका चौधरीले वीरगन्जलाई उद्यमशीलताको अर्को परिचयका रुपमा अर्थ्याएका छन्। 

शनिबार सामाजिक संजाल ट्विटरमा चौधरीले भनेका छन–‘विरगञ्जका कर्मशील युवासँगको अन्तर्क्रियाले म उत्साहित भएको छु। उद्यमशीलता वीरगन्जको अर्को परिचय हो । नयाँ पुस्ता नयाँ सोचले सम्पन्न छ । स्टार्टअप्सहरु शुरु गरेका छन् । यसको निरन्तरता र व्यापकताले वीरगन्ज नेपालको सिलिकन भ्यालीका रूपमा विकास हुन सक्छ ।’

राजनीतिक परिवर्तनसँगै प्राप्त उपलब्धि संस्थागत गर्न र जनतालाई ती अधिकार उपभोग गर्न सक्ने बनाउन अबको चरणमा कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्छ र शुरु भएको पनि चौधरीले जनाएका छन् । उनले लेखेका छन, गरिखाने वर्गलाई सम्मान र सहजीकरणले मात्र धेरै गरिखानेहरु जन्मनेछन् र मुलुक समृद्ध बन्नेछ ।’

कांग्रेसको ‘गरिखाने अभियान’ अन्तर्गत चौधरीको नेतृत्वको विशेष समितिका सदस्यहरु देशका विभिन्न शहरहरुमा युवा तथा उद्यमीहरुसँग अन्तरक्रिया गरिरहेका छन् । यअसघी सो टोलीले कुरिनटारका यूवा उद्यमीहरुसँग गरिखाने अभियानको बारेमा अन्तर्क्रिया गरेको थियो । गरिखाने अभियानलाई स्थानियतहको वडास्तरसम्मै पुर्‍याउने गरि चौधरी नेतृत्वको टीमले काम गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ