arrow

कोरोना भाइरसः केरलमा थामिएन, बढ्यो महाराष्ट्रमा पनि 

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
corona-india-military.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी भारतमा कम हुँदै गए पनि दुई राज्य केरल र महाराष्ट्रमा भने अझै संक्रमित घटेका छैनन् । केरलमा पछिल्लो महिनादेखि सबैभन्दा बढी संक्रमित थपिँदा अहिले समग्रमा तेस्रो स्थानमा पुगेको छ । 

शनिबार ६ हजार २८२ जना संक्रमित केरलमा थपिएका छन् । योसँगै केरलमा संक्रमितको संख्या ९ लाख २३ हजार ९१३ पुगेको छ । सक्रिय संक्रमित ७१ हजार ४७४ पुगेका छन् । 

त्यस्तै महाराष्ट्रमा २ हजार ६३० जना संक्रमित थपिएका छन् । ४४ हजार १९९ सक्रिय संक्रमित रहेका छन् । 

भारतमा अहिले १ लाख ६६ हजार १७६ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार १३ हजार ६४ जना संक्रमित थपिएका छन् भने १४ हजार ६१ जना कोरोनामुक्त भएका छन् । शनिबार १२८ जनाको ज्यान गएको छ । 

भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ७ लाख ४७ हजार ९१ पुगेको छ । निको हुनेको संख्या १ करोड ४ लाख २२ हजार १०९ पुगेको छ । १ लाख ५४ हजार ३१२ जनाको ज्यान गएको छ । 

भारतमा तीव्र रुपमा खोप लगाउने काम पनि चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ