arrow

आङसाङ सुकीद्वारा सैन्य 'कू' विरुद्ध प्रदर्शनको आह्वान

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
aung-san-suki1.jpg

काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीले सेनाको कदमविरुद्ध प्रदर्शन गर्न नागरिकहरुलाई आह्वान गरेकी छन् । सेनाले गरेको 'कू' स्वीकार नगर्न र यसको विरोधमा प्रदर्शन गर्न म नागरिकहरुलाई आग्रह गर्दछु नेतृ सुकीको नाममा एनएलडी पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेतृ सुकीलाई पक्राउ गरिएको केही घण्टापछि पार्टीले विज्ञप्ती जारी गरेको हो ।म्यानमारमा सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङ साङ सुकीलाई नजरबन्द गर्दै सत्ता कब्जा गरेको छ ।

अहिले सेना प्रमुख मिन अंग लाइगंले सत्ता नियन्त्रणमा लिएका छन्, भने दजर्जनौं सरकारी अधिकारीहरुलाई पक्राउ गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ