arrow

भारतको रक्षा बजेट १५ वर्षपछिकै सबैभन्दा धेरै

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
india-army.jpg

एएनआई, नयाँ दिल्ली । भारतमा बर्ष २०२१-२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ ।

रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका थिए ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।

अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो ।

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गर्नुभएको छ । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ ।    

“अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ