- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन। चौधरी ग्रुप अन्तर्गत रहेको गोद्रेज तथा टिसिएल ब्राण्डको क्षेत्रिय सम्मेलन, सौराहामा सम्पन्न भएको छ। विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आएको छ।
ग्बोल नं. २ ब्राण्ड टिसिएल र ६३ वर्ष भन्दा पुरानो इतिहास बोकेको गोद्रेज एप्लाईन्सेसको यस क्षेत्रीय सम्मेलनमा आफ्नो व्यापारिक सझेदारहरुबीच कम्पनीले आफ्नो मिसन-भिजन, रणनीती, विभिन्न चुनौती र अवसरका बारेमा बृहत रुपमा छलफल गरेकको कम्पनीले जनाएको छ।
उक्त सम्मेलनलाई टिसिएल. कर्पोरेशन की डाइरेक्टर अफ एशियन डिस्ट्रिब्युसन् बिजनेस मिस केरोलिनले विगत १५ वर्ष देखिको चौधरी ग्रुपसँगको व्यापारीक साझेदारीको बारेमा महत्व दिदै टिसिएलले आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा ध्यान रहने भन्ने बारेमा जानकारी दिइन्।
साथै गोद्रेज एप्लाईन्सेस इन्डियाका एक्पोर्ट हेड मिस्टर सलाम सिंङ्गले गोद्रेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुसिभ शोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोद्रेजलाई नेपालको नं. २ ब्राण्ड बनाउने भनेर सम्बोधन गर्दै प्रकाश पारेका थिए।
त्यस्तै, चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर मिस्टर निर्भाना चौधरीले पनि सम्पूर्ण व्यापारीक साझेदारहरुलाई विगत वर्षमा रहेको चुनौती पूर्ण व्यापारीक वातावरणमा पनि साथ, सहयोग दिएर व्यापारलाई अझ माथि पुर्याउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन।
साथै, उक्त चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरी नै क्षेत्रीय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरेका छन्।
यस गोद्रेज तथा टिसिएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत इओएल प्रालि रहेको छ।