arrow

कोरोना भाइरसः भारतमा संक्रमित र मृतक निकै कम

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
corona-india13.jpg

काठमाडौं । कोरोना भाइरस पीडित भारतमा सोमबार संक्रमित निकै नै कम थपिएका छन् । धेरै महिनापछि पहिलो पटक १० हजार भन्दा कम संक्रमित थपिएका छन् । ८ हजार ५७९ जनामात्र संक्रमित थपिएका हुन् । 

त्यसैगरी मृतक पनि घटेका छन् । धेरै समयपछि मृतक सय भन्दा कम थपिएका हुन् । सोमबार ९४ जनाको मात्र ज्यान गएको छ । 

सोमबार १३ हजार ४४३ जना संक्रमितलाई निको भएको छ । अहिलेसम्म भारतमा १ करोड ७ लाख ६७ हजार २०६ जना संक्रमित भएका छन् । 

१ करोड ४ लाख ४७ हजार ४५० जनालाई निको भएको छ । १ लाख ५४ हजार ५२२ जनाको कोरोनाबाट ज्यान गएको छ । 

हाल भारतमा १ लाख ६० हजार ७२८ जना सक्रिय संक्रमित रहेका छन् । केरलमा सोमबार थपिएका ३ हजार ४५९ सहित ६९ हजार २१६ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यस्तै महाराष्ट्रमा ४३ हजार ७०१, कर्नाटकमा ५ हजार ९४४, वेष्ट बंगालमा ५ हवजार ४२०, उत्तर प्रदेशमा ६ हजार ३०३, दिल्लीमा १ हजार २६५ र बिहारमा १ हजार १५४ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ