arrow

कोरोना महामारीका कारण जापानले बढायो सङ्कटकाल

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ २० मंगलबार
japan-corona.jpg

टोकियो । जापानले कोभिड-१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै  आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ ।  जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड-१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन् ।

 सरकारको कोभिड-१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड-१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको हो ।

 यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताउनुभएको छ भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरु को लागी जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ मा का लागि रहेको थियो ।

आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई  घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ