arrow

पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
nsvslny-russia.JPG

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक विपक्षी नेता एलेक्सी नभाल्नीलाई साढे ३ वर्षको जेल सजाय सुनाइएको छ । रुसी राजधानी मस्कोमा अवस्थित एक अदालतका न्यायाधीशले उनलाई साढे तीन वर्षको जेल सजाय सुनाएका हुन् । 

नभाल्नीलाई निलम्बित शर्तहरुको उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको हो । उनी गत महिना जर्मनीबाट रुस फर्कनासाथ एयरपोर्टमै पक्राउ परेका थिए । 

उनलाई मन्द विष खुवाएपछि जर्मनीमा उपचार भएको थियो । तर उपचार गरेको पाँच महिनापछि जर्मनीबाट स्वदेश फर्कनासाथ उनी पक्राउ परेका थिए । 

बीबीसीका अनुसार मस्कोमा हिंसात्मक दृष्यहरुसमेत देखिएका थिए । सामाजिक संजालमा प्रहरीले आन्दोलनकारीलाई कुटेका दृष्यहरु सार्वजनिक भएका हुन् । 

नभाल्नीलाई नियन्त्रणमा लिएदेखि नै उनका समर्थकहरु सडकमा उत्रिएका छन् । तर सुरक्षाकर्मीले भने रुखो व्यवहार देखाइरहेको छ । 

केही समयअघिमात्रै नभाल्नीका समर्थकले उनकै निर्देशनमा पुटिनको आलिशान भवन सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ