arrow

बाइडेनले उल्टाए ट्रम्पको आप्रवासी नीति

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
usa-migrant.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पको आप्रवासी नीतिलाई उल्टाएका छन् । बाइडेनले तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने क्रममा ट्रम्पको विभाजित आप्रवासी नीतिलाई उल्टाएका हुन् । 

बाइडेनले आप्रवासी परिवारलाई पुनर्मिलन गर्ने र आप्रवासी एजेन्डाको समीक्षा गर्न पनि निर्देशन दिएका छन् । 

गैरकानुनी अध्यागमन रोक्नको लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका(मेक्सिको सीमा पार गर्ने बित्तिकै वयस्कहरुलाई बच्चाहरुबाट अलग गरेको थियो । 

बाइडेनको आदेशले परिवारबाट टाढिएका झण्डै ६ देखि ७ सय बच्चाहरुलाई पुनर्मिलनका लागि टास्क फोर्स खडा गर्ने बीबीसीले लेखेको छ । ट्रम्प प्रशासनले सन् २०१७–१८ मा कम्तीमा ५ हजार ५०० बच्चाहरुलाई बयस्कबाट अलग्याएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ