arrow

विद्यालयमा १४ विद्यार्थीसहित १७ जनामा कोरोना भाइरस

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी कम हुँदै गर्दा धमाधम विद्यालयहरु खुलेका छन् । तर त्यही विद्यालयमा विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण लाग्दा भने समस्या भएको छ । 

समाचार हो भारतटको पंजाबस्थित नवांशहरको एक सरकारी विद्यालयको । त्यहाँ १४ विद्यार्थी र ३ शिक्षक गरी १७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । 

संक्रमित देखिएपछि विद्यालय बन्द गरिएको छ । संक्रमित विद्यार्थी र शिक्षकलाई स्वास्थ्य विभागको टिमले घरमै आइसोलेटेड गरेर उपचार थालेको जनाइएको छ । 

सोमबार सालोह गाउँको सरकारी विद्यालयका एक शिक्षक पोजेटिभ पाइएका थिए । त्यसपछि शिक्षक र विद्यार्थीहरुको ट्रेसिङ परीक्षण गर्दा मंगलबार १४ विद्यार्थी र दुई शिक्षक पनि पोजेटिभ पाइएका थिए । 

मंगलबार विद्यालय आएका सबै ११० जनाको परीक्षण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ