arrow

भारतमा कोरोनाबाट १६२ डाक्टरको मृत्यु

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
Become-a-Medical-Doctor.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारीबाट १६२ डाक्टरको मृत्यु भएको छ । केन्द्र सरकारले संसद बैठकमा अहिलेसम्म भारतभर १६२ डाक्टरको मृत्यु भएको बताएको हो । 

त्यसैगरी १०७ नर्स र ४४ आशामा आवद्धहरुको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्यमन्त्रीले मंगलबार लिखित तरिकाले यसको जानकारी दिएका हुन् । 

यी सबै मृतकहरु कोरोना भाइरसका संक्रमितको उपचारका क्रममा खटिएकाहरु हुन् । 

भारतमा हालसम्म १ लाख ५४ हजार ६३५ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ करोड ७ लाख ७८ हजार २०६ जना संक्रमित हुँदा १ लाख ५७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ