arrow

म्यानमार सैन्य 'कू'को विरोध गर्नबाट चीनले संयुक्त राष्ट्र संघलाई रोक्यो

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
united-nation-headquaters.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई म्यानमारमा भएको सैन्य 'कू' का बारेमा बोल्नबाट चीनले रोकेको छ ।सत्तारुढ पार्टीका अधिकारीहरूलाई पक्राउ गर्दै म्यानमार सेनाले सत्ता कब्जा गरेको छ । यसैको विरोध गर्ने संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव चीनले रोकेको हो ।

चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्य भएका कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्ताव रोक्न सफल भएको हो । चीनसँगै फ्रान्स, रुस, बेलायत र अमेरिका परिषद्का स्थायी र भिटो शक्तिप्राप्त राष्ट्र हुन्।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघिय दूतले समेत सैन्य कुको कडा विरोध गरेको अवस्थामा चीनले भने रोकेको हो । चीनसँगै रुसले पनि सैन्य कुको विरोध गर्न समय मागेको छ ।

संयुक्त राष्ट्र संघले अघि सारेको प्रस्ताव भिटो शक्ति एवं स्थायी सदस्यहरूले अवरोध गर्न सक्ने प्रावधान छ । सोही अनुसार चीनले यसो गर्न सकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ