arrow

संस्थागत सहकार्यका लागि महासंघ र मिडिया एलाएन्स नेपालबीच सहमती

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
fncci-media-alliance-2021.jpg

काठमडौं। नेपाल उद्योग वाणिज्य महासङ्घ र मिडिया एलाएन्सबीच आज महासङ्घ सचिवालयमा दुवै संस्थाबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ। महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासङ्घका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा आएको मिडिया एलाएन्सको प्रतिनिधिमण्डल बिच महासङ्घ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट ३-३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

उक्त कार्यदलले दुवै क्षेत्र अर्थात् उद्योग व्यवसाय र मिडिया क्षेत्रका मूल मुद्दाहरूको पहिचान गरी एक अर्कामा सहयोग गर्ने, संस्थागत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवर्द्धन लगायतका विषयमा काम गर्ने छ भने सो सम्बन्धमा दुवै संस्था बिच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त भएको छ।

बैठकमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कँडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाईँ, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ