arrow

ब्रजिलमा संक्रमणबाट दुई लाख २७ हजार भन्दा बढीको मृत्यु

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
brazil-corona.jpg

सिन्ह्वा, साओ पाउलो । ब्राजिलमा बुधबार कोरोना भाइरस संक्रमणको कारण थप १ हजार २५४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार ५६३ पुगेको छ ।
 
गत २४ घण्टामा ब्राजिलमा ५६ हजार २ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण भएपछि ब्राजिलमा कुल संक्रमितको संख्या ९३ लाख ३९ हजार ४२० पुगेको छ । ब्राजिलको साओ पाउलो सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको छ ।

 विश्वमा कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट १ लाख ५४ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ