arrow

गुगलका सिइओ सुन्दर पीचाई र अष्ट्रेलियाका प्रधानमन्त्रीबिच भेटवार्ता

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
Google-Australia.jpg

काठमाडौं । गुगल एवं अल्फाबेटका सिइओ सुन्दर पीचाई र अष्ट्रेलियाका राष्ट्रपति स्कट मोरिसनबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री मारिसनले भेटपछि पत्रकारहरूसँग बोल्दै भेट रचनात्मक भएको बताएका छन् ।

यसअघि गुगलले अष्ट्रेलियाबाट आफ्नो सेवा हटाउने चेतावनी दिएको थियो । अष्ट्रेलियाई सरकारले हालै एक कानुन अघि सारेको छ ।जसअन्तर्गत गुगलले आफ्नो सर्चमा देखाउने समाचार देखाए बापत त्यहाँका समाचार प्रकाशक कम्पनीहरूलाई पैसा तिर्नुपर्छ ।

गुगल र फेसबुकले पैसा तिर्नुपर्ने अष्ट्रेलिायाको दबाब छ । यस्तोमा गुगलको मुख्य कम्पनीकै सिइओ पीचाई र अष्ट्रेलियाका प्रधानमन्त्रीबिचको भेटले विवादलाई समाधान गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री मोरिसनले भेटका क्रममा सकारात्मक तरिकाले अघि बढ्ने विषयमा कुराकानी भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ