arrow

कोरोनाले युवतीलाई बनायो अपराधी, १६ जनालाई प्रेमजालमा पारेर लुट 

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
lover-robber.JPG

काठमाडौं । १६ जनासँग माया गाँसेर उनीहरुकै घरमा चोरी गरेर बेपत्ता हुने युवतीलाई के भन्ने ? २७ वर्षकी सयाली कालले यसै गरेकी छिन् । भारतको पुणे नजिकै पिम्परी चिन्चबड क्षेत्रमा रहने एक पढेलेखेकी युवतीले यति धेरै युवालाई फसाएर चोरी गरेकी हुन् । 

कोरोना भाइरसको महामारीपछि जागिर छुटेपछि उनले गुजारा चलाउनका लागि नयाँ धन्धा थालेकी हुन् । उनले पैसा कमाउनका लागि गलत बाटो रोजेको आरोप लागेको छ । 

उनले डेटिङका मान्यमबाट १६ युवालाई प्रेमजालमा फसाएर पैसा कमाउने बाटो रोजेकी हुन् । चेन्नईका आशिष कुमारले गत हप्ता प्रहरीमा उजुरी दर्ता गरेपछि यसको वास्तविकता बाहिरिएको हो । 

सयालीले डेटिङ एपमार्फत आशिषसँग चिनजान बढाएपछि पुणे बोलाएर एक होटलमा रहेपछि कोल्डड्रिंकमा नशायुक्त पदार्थ मिसाएर पिलाएकी थिइन् । त्यसपछि सयालीले उक्त युवकको साथमा भएका गहना तथा नगद लुटेर भागेकी थिइन् । 

उनलाई शिखा भनेर पनि बोलाइन्थ्यो । यसरी नै अन्य युवालाई उनले सामाजिक संजालको दुरुपयोग गर्दै उनीहरुको पहुँचमा पुगेर लुट्ने गरेको आरोप उनीमाथि लागेको छ । 

उनले क्राइम ब्रान्च युनिट ४ ले मंगलबार पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । उनको साथबाट प्रहरीले सुनका गहनासमेत जोडेर १५ लाख २५ हजार भारु बराबरको चोरीको समान बरामद गरेको छ । 

जाँच भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ