arrow

खानबादमा झडप, २६ जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
afgansitan.jpg.jpeg

अफगानिस्तान, कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन् ।

यस झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि  साफीले बताएका छन् ।

सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।

 कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गरे । तालिबान लडाकू समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ