arrow

यमनको युद्ध अन्त्य गर्न बाइडेनले चाले कदम, साउदीलाई सैन्य सहयोग नगर्ने

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
biden.png

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमन लक्षित साउदीका सैन्य अभियानलाई सहयोग नगर्ने बताएका छन् । ६ वर्षदेखि इरान र साउदीबिचको सङ्घर्षका रूपमा हेरिएको यमनको युद्ध अब अन्त्य हुनुपर्छ बाइडेनले भनेका छन् ।

मानवीय र रणनीतिक प्रकोप सिर्जना गरेको यमनको युद्ध अन्त्य गर्न एवं अमेरिकी कूटनीति बढाउन बाइडेनले यमनका लागि कूटनीतिज्ञ तिमोथी लेन्डरिंगलाई विशेष दुतका रुपमा  तोकेका छन् ।

संयुक्त राष्ट्र सङ्घले यमनलाई विश्वकै सबैभन्दा चरम मानवीय सङ्कट भएको देशका रूपमा उल्लेख गरेको छ । यहाँको ८० प्रतिशत जनसङ्ख्या चरम सङ्कटमा रहेका छन् ।

बाइडेनले बराक ओबामा र डोनाल्ड ट्रम्प दुवैको कदम उल्ट्याउँदै यस्तो निर्णय गरेका हुन् । त्यस्तै बाइडेनले इरानबाट प्रायोजित सेनाबाट साउदीमा हुने हमलाहरुविरद्ध अमेरिकाले साउदीलाई सहयोग गर्ने बताएका छन् ।

साउदीले बाइडेनको यो कदमलाई स्वागत गरेको छ । साउदी नेतृत्वको सेनाले सन् २०१५ मा यमनमा हमला गरेको थियो । इरान प्रायोजित हुथि समूहलाई परास्त गर्न र यमनमा इरानी प्रभुत्व रोक्न साउदीले त्यहाँ हवाई आक्रमण सुरु गरेको थियो । त्यसयता यमन युद्धमा एक लाख भन्दा बढी नागरिकहरूले ज्यान गुमाएका छन् ।



नयाँ