arrow

हङकङको सरकारी कार्यालयमा ब्रिटिस पासपोर्ट वाहकलाई प्रतिबन्ध

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
british-hongkong-passports.jpg

बेइजिङ। असहमति भइरहेको आवाजलाई रोक्न चीनले ब्रिटिस नेश्नल (ओभरसीज) पासपोर्ट (बीएनओ) पासपोर्टधारीहरूलाई हङकङको सरकारी कार्यालयहरूमा प्रतिबन्ध लगाएको छ। साउन चाइना मर्निङ पोस्टका अनुसार हङकङका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले बीएओ राख्ने अथवा हङकङमा सरकारी जागिर भन्ने कुरा छनोट गर्नुपर्ने भएको छ।

विश्लेषक क्रिस लाउ र टोनी चेउङले निजामती कर्मचारी र अन्य अधिकारीहरूले चाँडै बीएनओ राहदानी त्याग्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार बेइजिङले बीएनओ राहदानी हुनेलाई स्थानीय प्रशासनमा सेवा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यस कदमले बेइजिङको हङकङका सरकारी अधिकारीहरूको पूर्ण अनुपान गर्ने दृढ सङ्कल्पलाई जोड दिने र कतिपयले यो अविश्वास बढेको भन्दै टिप्पणी गरेका छन्।

बेइजिङले उनीहरूलाई स्थानीय चुनावमा मताधिकार हटाउन पनि विचार गरिरहेको छ। सरकारी कर्मचारीलाई मात्र नभई विशेष पदको फाइदा लिने सबैलाई सजाय दिइनेसमेत जनाइएको छ। प्रस्तावहरू देशको शीर्ष विधायिका निकायको आगामी बैठकमा छलफल हुनसक्ने, राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समिति एनपीसीएससी बुधवार देखी सुरु हुने भएको छ।

बेइजिङले जुनमा हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन जारी गरेपछि बेलायतले आपत्ति जनाएको थियो। आइतबारदेखि बेलायतले बीएनओ पासपोर्ट धारी तीन लाख हङकङबासीलाई बेलायतको नागरिकता उपलब्ध गराइने बेलायतले घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ