arrow

चीनसँगको विवादित टापुको रक्षाका लागि जापानलाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

logo
एजेन्सी,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
japan-senkaku-china-diaoyu-island.jpg

टोकियो। चीनले जापानको टापुमा दाबी गरेपछि दुई मुलुकबिचको सम्बन्धमा समस्या पैदा भएको छ। यसअघि डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा रक्षा मन्त्री मार्क इस्परले जापानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल बाइडेन प्रशासनका अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पनि जापानी समकक्षीसँगको पहिलो फोनवार्तामा चीनले दाबी गरेको जापानी टापुको रक्षाका लागि आफ्नो सहयोग रहने प्रतिबद्धतालाई दोहोर्‍याएका हुन्।

जापानका रक्षामन्त्री नोबुओ किशीसँग कुराकानी गर्दै अस्टिनले संयुक्त राज्य अमेरिका र जापानबिचको सुरक्षा सन्धिको धारा ५ ले जापानप्रति अमेरिकी रक्षा दायित्व निर्धारण गरेको बताएका छन्।

यी टापुलाई जापानमा सेन्काकू टापु र चीनमा दियाओयु भनेर चिनिन्छ। अस्टिनले संयुक्त राज्य अमेरिका पूर्वी चीन सागरमा यथास्थिति परिवर्तन गर्ने कुनै एकपक्षीय प्रयासको विरोध गर्नसमेत बताएका छन्। जापान पूर्वी चिनियाँ समुद्री किनारमा टापुहरूका वरिपरिको पानीमा आक्रमणसहित चिनियाँ गतिविधिहरू बढेकोप्रति चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि पहिलो पटक टोकियो र वासिङ्टनबिच मन्त्री स्तरीय छलफल भएको थियो। रिटायर आर्मी जनरल अस्टिन शुक्रवार अमेरिकाको पहिलो अश्वेत रक्षा मन्त्री बनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ