- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जलालाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहका अखाडालक्षित अफगान हवाई बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकु समूहका सदस्यहरू मारिएका स्थानीय सरकारले शनिवार पुष्टि गरेको छ। नान्गार्हार प्रान्तको पश्चिम भागमा रहेको शिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
मारिएका ती तालिबान लडाकुमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकु रेजिमेन्टका सदस्य थिए। मारिएका यी सदस्यमा विभागीय तालिबान लडाकु समूहका सेनापति खालिद पनि रहेका जारी विज्ञप्तिमा जनाइएको छ।
रेड युनिटका १० जना लडाकु पनि घाइते भएका पनि जनाइएको छ। आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ।