arrow

बैतडीमा नौ मतदानस्थल थप

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
local-level-election1.jpeg

बैतडी। आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि बैतडीमा नौ मतदानस्थल थप हुने भएका छन्। पाटन, मेलौली र पुर्चौंडी नगरपालिका, सिगास, पञ्चेश्वर  तथा डिलाशैनी गाउँपालिकामा ती मतदानस्थल थप्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता सङ्ख्या बढी भएको र भगौलिकरुपमा टाढा रहेको मतदानस्थलको हकमा थप्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। जिल्लाको पुर्चौंडी नगपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिकामा दुई÷दुई र मेलौली नगरपालिका, पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक-एक मतदानस्थल थप गरिने भएको  हो।

पुर्चौंडी–२ को समैजी आधारभूत विद्यालय ल्याटी, पुर्चाौडी–१० को गलेश्वर माध्यमिक विद्यालय कटपते, सिगास–६ को नौला आधारभूण्त विद्यालय बत्थी, सिगास–९ को निरपाल आधारभूत विद्यालय चुवा, डिलाशैनी–५ को वेतालेश्वर आधारभूत विद्यालय र डिलाशैनी–७ को डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थपिने जनाइएको छ।

यस्तै मेलौली–७ मा मणिलेक मावि केशरपुर, पाटन–१ को भुवनेश्वर मावि लदौली र पञ्चेश्वर–६ को आम्पुर मावि बिजुललाई पनि नयाँ मतदानस्थलका रुपमा थप्न सिफारिस गरिएको हो। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी मतदानस्थललाई थप गर्ने निर्णयसहित निर्वाचन आयोगलाई सिफारिस गरेको हो।

यसैबीच जिल्लाको दुई वटा मतदानस्थललाई सार्ने निर्णय पनि भएको छ। दोगडाकेदार गाउँपालिका–४ मा रहेको हुनैनाथ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई पञ्चकोटी आधारभूत विद्यालयमा सारिएको छ भने मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको मतदानस्थललाई सारेर वडा नं १ को जनचेतना आधारभूत विद्यालयमा राख्न सिफारिस गरिएको हो।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला १२० मतदानस्थल रहेकामा नौ बढेर अब १२९ मतदानस्थल हुने भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ