arrow

जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर एक युवाले गरे नेदरल्याण्डस् सम्मको यात्रा 

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
biman4.jpg

काठमाडौं । केन्याका एक १६ बर्षीय युवक नैरोवी बिमानस्थलबाट जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर नेदरल्याण्ड पुगेका छन्।

केन्यास्थित नैरोवी बिमानस्थलबाट गत बुधबार एक कार्गो जहाज टर्की र बेलायत हुँदै ८ हजार किलोमिटर टाढा नेदरल्यान्ड पुगेको थियो। 

उक्त कार्गो बिमानको ल्याण्डिङ्ग गेयरमा उनी लुकेर बसेको बताइएको छ। उनी अहिले नेदरल्याण्डको मास्ट्रीच्ट शहरको एक अस्पतालमा उपचाररत छन्।

स्रोतका अनुसार बुधवार दिउसो केन्याको नैरोबी देखि ए३३० नम्बरको कार्गो एयरबसले टेकअफ लिनेक्रममा एकजना १६ वर्षीय युवा जहाजको ल्याण्डिङ्ग गेयरमा लुकेर बसेको बताइएको छ । बिमानले टर्की र बेलायतमा समेत ल्याण्डिङ्ग समेत गरेको थियो।

बेलायतमा ल्याण्डिङ्ग गरेको विमान शुक्रबार दिउसो नेदरल्याण्डको मास्ट्रीच्ट बिमानस्थल पुगेको थियो। उक्त बिमानस्थलमा इन्जिनियरले बिमानको नियमित चेकजाँचको क्रममा ल्याण्डिङ्ग गेयरमा लुकेर बसेको अवस्थामा उक्त युवालाई भेटाएका थिए। उनलाई उक्त स्थानबाट बाहिर निकालेर स्वास्थ्य परिक्षणको लागि अस्पताल लगिएको थियो ।

अस्पतालले उक्त युवा सामान्य अवस्थामैं रहेको बताएको छ भने यति लामो जोखिमजन्य यात्रा गर्दा पनि युवक जिवितै र सकुशल रहेको देखेर अधिकारीहरु पनि अचम्म भएका छन्।

यद्यपी, लामो यात्राको कारणले गर्दा उक्त युवामा हायपोथर्मिया देखिएता पनि अन्य स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ। हायपोथर्मिया शरिरको तापक्रम खतराको स्तरभन्दा कम हुने अवस्थालाई भनिन्छ भने यसको कारणले नशा जाम भई मान्छेको मृत्यु पनि हुनसक्छ। तर ती युवक भने सकुशल नै रहेको खबरले उपचाररत डाक्टर पनि अचम्ममा परेका छन्।

नेदरल्याण्डका उड्डयन अधिकारीहरुले उक्त व्यक्ति कसरी एयरक्राफ्टसम्म पुग्न सफल भए भन्नेमा अनुसन्धान गरिरहेको बताएका छन्। यति लामो यात्रा तय गरेको बिमानको ल्याण्डिङ्ग गेयरमा मानिस लुकेर बसेको जानकारी किन कसैलाई थाहा लागेन त ? ३८ हजार फिट माथिसम्मको उचाइ लिएको जहाजको लेवलसम्म अक्सिजनको मात्रा अत्यन्तै न्यून हुने गर्दछ।

यस्तो अवस्थामा मान्छे बाँच्नसक्ने सम्भावना लगभग समाप्त हुन्छ। अर्कोतर्फ जहाज ल्याण्डिङ्ग गर्दा जहाजका सबै चक्काहरु खुल्दछन्। चक्काहरु खुल्दासाथ कथं त्यहाँ कोहि रहेको भएपनि जमिनमा खसेर मृत्यु हुनुपर्ने हो, तर ती ब्यक्तिको हकमा भने यस्तो कुनै दुर्घटना नै भएन्।

अस्पतालबाट केन्यास्थित आफ्नो परिवारसंग शुक्रवार फोन कुराकानी गर्दै ती युवकले भनेका छन्-‘म  बिल्कुलै ठिक छु ।’ यसभन्दा अघि सन् २०१९ मा पनि यस्तै एक घटना घटेको थियो।

केन्या एयरवेज लण्डनको हिथ्रो बिमानस्थलमा अवतरण गर्दैथियो, तब सनबाथ लिइरहेका एक यात्रुले जहाजको ल्याण्डिङ्ग गेयरमा कोही झुण्डिरहेको खवर एयरक्राफ्ट सदस्यलाई दिएका थिए।

१९९७ मा पनि एउटा यस्तै घटना सामुन्ने आएको थियो । त्यस समय पनि नैरोवीबाटै बेलायतको गेटविक बिमानस्थलमा अवतरण गरेको एक जहाजको ल्याण्डिङ्ग गियरमा केन्याका एक ब्यक्तिको शव भेटिएको थियो । एजेन्सी/जिएनन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ