arrow

म्यानमार, उइगर र हङकङको मामिलामा चीनलाई अमेरिकी दबाब

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
antony-blinken.jpg

काठमाडौं । जो बाइडेनले राष्ट्रपतिका रुपमा कार्यालय सम्हालेपछि पहिलो पटक दुवै देशका उच्च कुटनीतिज्ञबीच वार्ता भएको छ । 

शनिबार अमेरिकी विदेश सचिव एन्टोनि ब्लिंकन र चिनियाँ उच्च कुटनीतिज्ञ एवं विदेश मामिलाका निर्देशक यांग जिइचीबीच कुराकानी भएको हो ।

विदेश सचिव ब्लिंकनले कुराकानीको विषयमा ट्विटरमार्फत जानकारी दिँदै बेइजिङलाई म्यानमारमा भएको सैन्य ‘कु’ उइघुरमाथिको शोषण, तिब्बत र हङकङको मामिलामा दबाब दिएको जनाएका छन् ।  तिब्बत र हङकङमा चीन प्रायोजित मानवधिकार विरोधी गतिविधिहरू हुने गरेको आरोप लाग्दै आएको छ ।

चिनियाँ उच्च कुटनीतिज्ञ जिइचीसँगको कुराकानीमा विदेश सचिव ब्लिंकनले भनेका छन्, ‘आफ्नो राष्ट्रिय हित र प्रजातन्त्रको बचाउमा उभिदै अमेरिकाले बेइजिङलाई अन्तर्राष्ट्रिय प्रणालीको दुरुपयोग गरेकोमा जिम्मेवार ठहर्याउनेछ।’

त्यस्तै  सिन्जियांग, तिब्बत र हङकङको मामिलामा अमेरिका मानवअधिकार र प्रजातन्त्रको पक्षमा उभिने उनले बताएका छन् । म्यानमारमा भएको सैन्य 'कु'को विरोधमा अन्तर्राष्ट्रिय समुदायसँग सामेल हुन उनले चीनलाई दबाब दिएका छन् ।

गत जनवरीमा चिनियाँ विदेशमन्त्री वांग यीले म्यानमारको भ्रमणका क्रममा सेना प्रमुख मिन अंग लाइगंसँग भेट गरेका थिए । अहिले म्यानमार ती सेना प्रमुख मिन अंग लाइगंको नियन्त्रणमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ