arrow

इजरायलसँगको सम्झौतापछि युएईले प्यालेस्टिनीहरुलाई गर्ने सहयोग ५ करोडबाट १० लाखमा झार्‍यो

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
isreal.png


काठमाडौँ । युनाइटेड अरब एमिरेट्स (युएई) र बहराइनले प्यालेस्टिनी शरणार्थीहरूको साहयताका लागि संयुक्त राष्ट्र सङ्घको (युएन) एजेन्सीलाई दिने रकममा ठुलो कटौती गरेको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि भनेर युएईले सन् २०१८ मा युएनको साहयता र कार्य एजेन्सीलाई ५ करोड ३० लाख अमेरिकी डलर प्रदान गरेको थियो । त्यस्तै सन् २०१९ मा ५ करोड १० लाख अमेरिकी डलर दिएको थियो ।

युएई, बहराइन र इजरायलबिच सन् २०२० मा अमेरिकी मध्यस्थतामा शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि युएईले उक्त सहायता रकम ५ करोड डलर बाट एकै चोटि १० लाख डलरमा झारेको हो ।

यो रिपोर्टलाई युएनको एजेन्सीले पुष्टि गरेको छ । त्यस्तै बहराइनले पनि प्यालेस्टिनी शरणार्थीका लागि प्रदान गर्ने साहयतामा कटौती गरेको बताइएको छ । सन् २०२०मा बहराइनले ५० हजार अमेरिकी डलर मात्रै साहयता प्रदान गरेको छ ।

 यद्यपि कति, कटौती गर्याे भनेर तथ्याङ्क भने सार्वजनिक गरिएको छैन ।

इजरायल, युएई र बहराइनबिचको शान्ति सम्झौता (जसलाई अब्राहम सम्झौता समेत भनिन्छ)को प्यालेस्टिनीहरुले घोर विरोध गरेका थिए । प्यालेस्टिनीहरुले यसलाई पछाडिबाट छुरा हानेको र धोका दिएको भन्दै निन्दा गरेका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युएनको यो एजेन्सीलाई समर्थन गर्न छोडेको थियो । यसबाट झण्डै एजेन्सीलाई झन्डै २० करोड घाटा लागेको थियो ।

तर, गत जनवरीमा अमेरिकी कूटनीतिज्ञ रिकर्ड मिल्सले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरुको आर्थिक उन्नतिका लागि पुन साहयता उपलब्ध गराउने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ