arrow

इजरायली आक्रमणको खतरा भयो भन्दै इरान संयुक्त राष्ट्र सङ्घमा पुग्यो

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
iran1.png

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका लागि इरानी प्रतिनिधिले इजरायलले दिएको सैन्य कारबाहीको धम्कीको विरोध गर्दै युएनलाई ठोस कदम चाल्न आह्वान गरेका छन् ।

इरानी प्रतिनिधि मजीद तख्द रावणचीले युएनका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा इजरायलले इरानविरुद्ध उत्तेजक र युद्धजन्य अभिव्यक्ति दिइरहेको मात्रै नभई कार्यान्वयनको तयारी समेत गरिरहेको बताएका छन् ।

यसको उदाहरणका रूपमा जनवरीमा इजरायली सेना प्रमुख अविव कोचावीले इरानी आणविक कार्यक्रम विरुद्ध 'यसअघि केही कारबाही भएको र थप कारबाहीको तयारी भइरहेको' बताएको कुरा उल्लेख गरेका छन् ।

इजरायलले यसअघि पनि सो क्षेत्रका मुलुकहरूमाथि आक्रमण गरेको इतिहास भएको र यसले युएनको धारा २ उल्लङ्घन गरेको हुँदा विश्व समुदायले प्रतिक्रिया दिन इरानले आह्वान गरेको हो ।

'इजरायलले चाल्ने कुनै पनि खतरनाक कदमविरुद्ध र आफ्नो सार्वभौमिक रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि इरान अधिकार प्राप्त' रहेको पत्रमा उल्लेख छ ।

'युएनको धारा दुईले कुनै पनि देशमाथि धम्की एवं शक्ति प्रयोग गर्नेलाई अन्तर्राष्ट्रिय सम्बन्धबाट टाढा राख्न आग्रह गर्छ', उनले पत्रमा उल्लेख गरेका छन् ।

'इजरायलले आफ्नो धम्कीपूर्ण कदमको जिम्मेवारी लिन र अन्तर्राष्ट्रिय शान्तिका लागि युएनले यसको प्रतिक्रिया दिन' इरानले आह्वान गरेको हो । यो पत्रलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा समेत दर्ता गर्न इरानले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ