arrow

भारतीय सहयोगमा भारतीय सीमा लक्ष्मीपुर बलाराबाट सर्लाहीको गढैयासम्म कालोपत्रे सडक निमार्ण

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
nepal-india-flag.jpeg

पर्सा। सर्लाही जिल्ला अन्तर्गत भारतीय सीमाको लक्ष्मीपुर बलाराबाट गढैयासम्म भारत सरकारको ४ करोड ४४ लाख आर्थिक सहयोगमा निर्मित कालोपत्रे सडकको शुभारम्भ भएको छ। वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमार, सडक विभागका डिभिजन प्रमुख विनोद कुमार मौवरले सडकको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

भारत सरकारको “नेपाल भारत विकास सहकार्य” अन्त्रगतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरिएको बताइएको छ। यस अन्तर्गत  ४.४६ कि.मिको भारतिय सीमा लक्ष्मीपुर–बलरा–मिर्जापुरको सडक र १.६२ कि.मिको मिर्जापुर–गडहिया हुलाकी सडक रहेको डिभिजन सडक कार्यालयले जनाएको छ।

यो परियोजना भारत सरकार र नेपाल सरकारबिचको सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा लिइएको थियो। सडक निमार्णका लागि भारतीय दूतावास, काठमाडौँ र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो।

हालमा उक्त परियोजना चंद्रनिगाहपुर सडक विभाग अन्तगत रहेको छ। भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सीमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरूको आवागमन सहज गर्ने आशा गरिएको छ।

परियोजनाले भारतको नेपालसँगको विकासमा साझेदारी प्रतिबिम्बित गर्दछ र नेपाल सरकारको पूर्वाधार विकासको प्रयासलाई सहयोग पुर्‍याउने भारतीय दूतावासले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ