arrow

भागरथी भट्ट हत्याको विरोधमा तीन दिन शैक्षिक हड्ताल

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
bhagarathi-bhatta-rape-kill.jpg

काठमाडौं । बैतडीको दोगडकादार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल भएको छ ।

विद्यालयबाट घर फर्किरहेका बेला उनको बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको हो ।

भट्टको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको पोष्टमार्टम रिपोर्टले समेत बलात्कारपछि हत्या भएको जनाएको छ । 

थप अनुसन्धानका लागि भजाइनल स्वाब परीक्षण गरिने बताइएको छ । 

संघर्ष समिति गठन गर्दै तीन दिनका लागि शैक्षिक हडताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए ।

आइतबारदेखि मंगलबारसम्म तीन दिन गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्दै शैक्षिक हडताल गरिएको हो ।

सघर्ष समितिले गरेको शैक्षिक हड्तालअनुसार नै गाउँपालिकाका सबै विद्यालय बन्द रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ