arrow

महासङ्घको स्थल यातायात तथा पारवहन समिति विस्तार

मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको इस्यूमा काम गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
fncci-transit-committee.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीको सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ। समितिका सह–सभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्य द्वय अमृत भट्टच र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फरवार्डस एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल छन्।

त्यसैगरी समितिका सदस्यहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी सङ्घका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएसनका अध्यक्ष रितेश लामिछाने,नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फरवार्डस एसोसिएसनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी छन्।

समितिका आमन्त्रितहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य सङ्घका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य सङ्घका महासचिव वसन्त नारायण बोछिभोय,नेपाल निर्यात परिषद्का अध्यक्ष हरि बहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रा.लिका प्रबन्ध निर्देशक सुशील नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सुन्दर कार्की छन्।

त्यस्तै समितिका सल्लाहकारहरूमा नेपाल सरकारका पूर्व सहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, यस टर्मिनलस् प्रालिका प्रबन्ध निर्देशक अशोककुमार टेमानी, एसियाली विकास बैङ्कका परामर्शदाता श्याम दाहाल र इन्टरस्टेट टर्मिनल प्रालिका प्रबन्ध निर्देशक आरवि रौनियार छन्।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासङ्घको निकै नै महत्त्वपूर्ण समिति रहेको बताए। भूपरिवेष्टित मुलुक हुनुका नाताले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेकाले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई अझ बढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई आग्रह समेत गरे। अध्यक्ष गोल्छाले समितिलाई मुलुकको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको इस्यूमा काम गर्न सुझाव दिए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समितिलाई सफलताको शुभकामना दिँदै समितिलाई अन्तर्राष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढङ्गले काम गर्न सुझाव दिए।

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गरे भने समितिका सभापति कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक महिनाको पहिलो सोमवार समितिको बैठक बस्ने र आउँदो बैठकमा समितिको कार्य योजनाका लागि एजेडाहरू तयार गर्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ