arrow

हुण्डाई एक्सचेन्ज् सोमबारबाट शुरु

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
hyunday-exchange.jpg

काठमाडौँ। नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  हुण्डाई एक्सचेन्ज् कार्यक्रम देशभर गर्नेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६ गते सोमबार देखि २०७७ फाल्गुन २ गते आइतबार बिहानको १० बजे देखि साँझको ५ बजे सम्म हुण्डाई एक्सचेन्ज् कार्यक्रम ल्याएको छ।

यस योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बरावरको लोयल्टी बोनस र एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कम्पनीका सेल्स र मार्केटिङ महाप्रबन्धक रुपेश शर्मा भट्टका अनुसार, "ग्राहकहरूलाई सधैँ उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ। यस देश व्यापी कार्यक्रमले पनि ग्राहकहरूलाई उत्कृष्ट एक्सचेन्ज् योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ। हुण्डाई एक्सचेन्ज् नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध छ।"

ग्राहकहरूको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरू र एक्सचेन्ज् क्यापमा निरन्तरता दिएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ