arrow

धरहराको २१ औं तलाको ढलान गरियो, २२ औं तलामा गजुर राखिने 

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
dharhara.jpg

काठमाडौं । विनाशकारी महाभूकम्पमा परी भत्किएको ऐतिहासिक धरहराको २१ औं तलाको ढलान गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहराको २१औं तलाको ढलान सकिएको हो । प्राधिकरणको नेतृत्वमा जिआइइटिसी-रमन जेभीलेले धरहरा पुनःनिर्माणको काम गरिरहेको छ ।

ज्ञवालीले सामाजिक संजालमा तस्विर पोष्ट गर्दै अबको केही दिनमा २२औं एवं अन्तिम तलाको ढलान गर्दै धरहराको शीर्ष स्थानमा गजु्रको राखिने उल्लेख गरेका छन् ।

ज्ञवालीले लेखेका छन्–‘धरहराको २२ तलामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । अब एक तलाको ढलान बाँकी । धरहराको शीर्षमा गजुर रहनेछ ।’


 



नयाँ