arrow

राज्यको गोप्य सूचना सार्वजनिक गरेको भन्दै चीनले अस्ट्रेलियाली पत्रकार पक्राउ गर्‍यो

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
cheng-li.png

काठमाडौँ । राष्ट्रको गोप्य सूचना सार्वजनिक गरेको आरोपमा चिनियाँ अधिकारीहरूले अस्ट्रेलियाली पत्रकारलाई औपचारिक रूपमा पक्राउ गरेको छ ।

चीनको राज्य सञ्चालित टेलिभिजन सीजीटीएनका लागि काम गर्ने चेंग लीलाई चिनियाँ अधिकारीहरूले पक्राउ गरेको हो ।

सोमबार अस्ट्रेलियाकी विदेश मन्त्री मारिस् पाइनले दुई देशबिच बिग्रिँदै गएको सम्बन्ध यो घटनाले झनै बिग्रिएको बताएकी छन् ।

गत अगस्तदेखि नै नजरबन्दमा राखिएकी पत्रकार चेंग लीलाई फेब्रुअरी ५ मा औपचारिक रूपमा पक्राउ गरेको मन्त्री पाइनले एक विज्ञप्ति जारी गर्दै बताएकी हुन् ।

पत्रकार चेंगलाई नजरबन्दमा राखिएयता ६ पटक चीन स्थित अस्ट्रेलियाली दूतावासका कर्मचारीहरूले अन्तिम पटक जनवरी २७ मा भेटेको मन्त्री पाइनले बताएकी छन् ।

चीनमा जन्मेकी चेंग अस्ट्रेलियामा हुर्केकी थिइन् । करिब नौ वर्ष सीएनबीसीका लागि काम गरेपछि उनी चाइना ग्लोबल टेलिभिजन न्युज (सीजीटीएन)मा आबद्ध भएकी थिइन् ।

सन् २०१८ उनले आफ्नो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खिल्ली उडाउने व्यङ्ग्यात्मक भिडियो प्रस्तुत गरेपछि चर्चामा आएकी थिइन् । उनले व्यङ्ग्यात्मक तरिकाले धन्यवाद ट्रम्प तपाइ महान् हुनुहुन्छ भनेकी थिइन् ।

पछि उनको उक्त समाचार सीजीटीएनको ट्विटर, युट्युब लगायतबाट डिलिट गरिएको थियो । त्यति बेला चीन र अमेरिकाबिच व्यापार युद्ध चर्किएको थियो । उक्त समयमा चिनियाँ राज्य सञ्चालित मिडियाले ट्रम्पलाई निशाना बनाएका थिए ।

अहिले सीजीटीएनको वेबसाइटबाट पत्रकार चेंगको प्रोफाइल पनि हटाइएको छ । चीनले चेंगलाई पक्राउ गर्नुको कारण सार्वजनिक गरेको छैन ।

तर, यस विषयमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ताले गत वर्ष 'चीन कानुनको अधीनमा रहेको देश हो र हामी कानुन अनुसार अघि बढ्छौँ' भनेका थिए ।

पछिल्लो समय चीन र अस्ट्रेलियाबिचको सम्बन्ध बिग्रिँदै गएको छ । चीनले त्यहाँबाट सरेर अस्ट्रेलिया गएका नागरिकहरूमाथि आफ्नो प्रभुत्व बढाउन खोज्ने कदम अस्ट्रेलियाले रोकेका छ ।

गत अप्रिलमा अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिका बारेमा अध्ययन गर्न माग गरेको थियो । अस्ट्रेलियाको यो मागले चीन आक्रोशित बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ