arrow

दक्षिण अफ्रिकी भाइरसविरुद्ध एस्ट्राजेनेकाको खोप १० प्रतिशत मात्रै प्रभावकारी

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
corona-vaccine-covid.jpg

काठमाडौँ । दक्षिण अफ्रिकी स्वरूपको कोरोना भाइरस विरुद्ध अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोप १० प्रतिशत प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ । थोरै जनामा गरिएको परीक्षणले खोपले सामान्य एवं मध्यम अवस्थाका बिरामीहरूमा पनि न्यून प्रभाव परेको देखिएको छ ।

अहिले दक्षिण अफ्रिकाले यो खोप लगाउनमा रोक लगाइसकेको छ । विटवाटरसर्याण्ड विश्व विद्यालयका प्रोफेसर एवं खोप परीक्षणकर्ता शबीर माथिले थोरै जनामा परीक्षण गरिए पनि खोप नयाँ स्वरूपविरुद्ध कम प्रभावकारी रहेको बताएका छन् ।

उनका अनुसार दक्षिण अफ्रिकी स्वरूप विरुद्ध १० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ । नयाँ स्वरूपविरुद्ध यो खोप बढीमा ४० देखि ५० प्रतिशत मात्रै प्रभावकारी देखिने समेत उनको दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ